साहारा लिम्बू
ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा व्यवसायिक योजना तयारी तालिम सम्पन्न भएको छ । एन्साव नेपालको आयोजना र सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) को सहकार्यमा गत कात्तिक १८ गते सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

जिल्लाका १८ जना उद्यमीहरूलाई तालिम प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा कृषि, दुग्ध डेरी, जडीबुटी, नेपाली कागज र कोसेली घर सँग आवद्ध भएका उद्यमीहरूको उपस्थित रहेको थियो ।
तालिममा वन पैदावारमा आधारित उद्यम विषेश गरि किबी उत्पादनमा जोड दिइएको थियो । यस्तै गरि जिल्लामा विभिन्न प्रकारका १५ जडीबुटी रहेको र यसको सङ्कलन, व्यवस्थापन सँगै बिक्री सम्बन्धी पनि क्षमता अभिवृद्धि गरिएको छ ।

यो सँगै जिल्लामा उत्पादन भएको किबी, नेपाली कागज र जडीबुटीहरुलाई अन्य सहरमा सप्लायर्स साथै अन्तराष्ट्रिय मार्केटमा प्रमाणीकरण गर्ने बारे पनि जानकारी गराइएको छ । तालिममा सहभागी उद्यमी विष्णु श्रेष्ठले आफूले उत्पादन गरेको बस्तुको बिजनेस गेमको बारे जानकारी प्राप्त हुनुका साथै बजारमा लैजान यो तालिमले ठुलो सहयोग प्रदान गरेको बताउनुभयो ।
तालिममा चण्डिका आमगाइँ लगायतले सहजीकरण गर्नुभएको थियो भने तालिम फुङ्लिङ बजारस्थित होटल प्यारिजको सभाहलमा सञ्चालन भएको थियो ।






प्रतिक्रिया