ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 



साहारा लिम्बू
ताप्लेजुङ, कात्तिक २१ गते ।
ताप्लेजुङमा उद्यमशीलता विकास तथा व्यवसायिक योजना तयारी तालिम सम्पन्न भएको छ । एन्साव नेपालको आयोजना र सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) को सहकार्यमा गत कात्तिक १८ गते सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

जिल्लाका १८ जना उद्यमीहरूलाई तालिम प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा कृषि, दुग्ध डेरी, जडीबुटी, नेपाली कागज र कोसेली घर सँग आवद्ध भएका उद्यमीहरूको उपस्थित रहेको थियो ।  

तालिममा वन पैदावारमा आधारित उद्यम विषेश गरि किबी उत्पादनमा जोड दिइएको थियो । यस्तै गरि जिल्लामा विभिन्न प्रकारका १५ जडीबुटी रहेको र यसको सङ्कलन, व्यवस्थापन सँगै बिक्री सम्बन्धी पनि क्षमता अभिवृद्धि गरिएको छ ।  

यो सँगै जिल्लामा उत्पादन भएको किबी, नेपाली कागज र जडीबुटीहरुलाई अन्य सहरमा सप्लायर्स साथै अन्तराष्ट्रिय मार्केटमा प्रमाणीकरण गर्ने बारे पनि जानकारी गराइएको छ । तालिममा सहभागी उद्यमी विष्णु श्रेष्ठले आफूले उत्पादन गरेको बस्तुको बिजनेस गेमको बारे जानकारी प्राप्त हुनुका साथै बजारमा लैजान यो तालिमले ठुलो सहयोग प्रदान गरेको बताउनुभयो । 

तालिममा चण्डिका आमगाइँ लगायतले सहजीकरण गर्नुभएको थियो भने तालिम फुङ्लिङ बजारस्थित होटल प्यारिजको सभाहलमा सञ्चालन भएको थियो । 

प्रकाशित मिति : 7:32 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित