सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 



साहारा लिम्बू 
ताप्लेजुङ, कात्तिक २१ गते ।
गत वर्ष सञ्चालन भएको दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कपको आय व्यय सार्वजनिक गरिएको छ । शुक्रबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजन गरि गोल्ड कपको आय व्यय सार्वजनिक गरिएको हो । 

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजुम्भोको संयुक्त आयोजनामा सञ्चालन भएको गोल्ड कपमा पाँच लाख ८९ हजार २१९ रुपियाँ घाटा भएको आयोजकको भनाई छ । गोल्ड कपमा जम्मा ३२ लाख ९० हजार ४९३ रुपियाँ आम्दानी भएको क्लबका कोषध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभएको छ । उहाँका अनुसार जम्मा खर्च ३८ लाख ७९ हजार ७१२ रुपियाँ भएको छ । 

आम्दानी तर्फ व्यक्तिगत सहयोगबाट २१ लाख ९ हजार ६२३ रुपियाँ सङ्कलन भएको थियो । सङ्घ संस्थाबाट सात लाख ६४ हजार ५७० रुपियाँ, सांस्कृतिक कार्यक्रमबाट एक लाख ८४ हजार ८०० रुपियाँ, टिकट बिक्रीबाट दुई लाख १६ हजार ५०० रुपियाँ र रसिदबाट १५ हजार रुपियाँ सङ्कलन भएको कोषाध्यक्ष मादेनको भनाई छ । 

विविध कारण गोल्ड कपको आय व्यय सार्वजनिक गर्न ढिलो भएको आयोजकको भनाई छ । यस्तै आगामी मंसिर १३ गतेदेखि २० गते सम्म अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने कञ्चनजङ्घा फुङलिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।  

गत वर्ष घाटामा गए पनि यो पटक अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको क्लबका कोषध्यक्ष मादेन बताउनुहुन्छ । उहाँले भन्नुभयो,  “हाम्रो समिति घाटामा छ भन्ने कुरा स्पष्ट बताउँछौ तर समुदाय, संस्कृतिको संरक्षण र ताप्लेजुङको पहिचानलाई प्राथमिकता दिँदै हामी आर्थिक अभावलाई कमजोरी होइन कर्तव्य र समुदाय प्रतिको समर्पणको प्रतीक मानिरहेका छौँ ।” 

प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ, उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याचले पाँच हजार रुपियाँ प्राप्त गर्दा सर्वोकृष्ट खेलाडीलाई १० हजार रुपियाँको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 6:31 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन