मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको छ। आयोगका अनुसार हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाताको नामावली थपिएको छ। असोज ९ गतेदेखि सुरु भएको नामावली सङ्कलन अभियान अन्तर्गत आइतवार साँझसम्म एक लाख ४७५ जनाको नाम थपिएको आयोगले जनाएको छ। आयोगले कार्तिक ३० गतेसम्म नामावली अद्यावधिकको समय तोकेको छ।

तर, जेन जी भनिने नयाँ पुस्ताको सहभागिता अपेक्षाभन्दा कम देखिएको भन्दै अधिकारीहरू चिन्तित बनेका छन्। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले युवालगायत कोही पनि नछुटून् भन्नका लागि प्रचार–प्रसारलाई तीव्र पारिएको बताउनुभयो। उहाँका अनुसार जबरजस्ती गर्न नसकिने भएकाले जनचेतनामूलक कार्यक्रममार्फत सहभागीता बढाउने प्रयास भइरहेको छ।

यता, जेन जीका एक नेताले दस लाखभन्दा बढी नयाँ युवा मतदाता थपिने अपेक्षा गरे पनि त्यस्तो प्रगति नदेखिएको बताउँदै चिन्ता व्यक्त गरेका छन्। निर्वाचन आयोगका अनुसार हाल देशभर करिब एक करोड ८२ लाख मतदाता दर्ता छन्। आयोगले नयाँ अद्यावधिकपछि यो संख्या पाँचदेखि सात लाखसम्म बढ्ने अनुमान गरेको छ।

प्रकाशित मिति : 7:27 am

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ