मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको छ। आयोगका अनुसार हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाताको नामावली थपिएको छ। असोज ९ गतेदेखि सुरु भएको नामावली सङ्कलन अभियान अन्तर्गत आइतवार साँझसम्म एक लाख ४७५ जनाको नाम थपिएको आयोगले जनाएको छ। आयोगले कार्तिक ३० गतेसम्म नामावली अद्यावधिकको समय तोकेको छ।

तर, जेन जी भनिने नयाँ पुस्ताको सहभागिता अपेक्षाभन्दा कम देखिएको भन्दै अधिकारीहरू चिन्तित बनेका छन्। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले युवालगायत कोही पनि नछुटून् भन्नका लागि प्रचार–प्रसारलाई तीव्र पारिएको बताउनुभयो। उहाँका अनुसार जबरजस्ती गर्न नसकिने भएकाले जनचेतनामूलक कार्यक्रममार्फत सहभागीता बढाउने प्रयास भइरहेको छ।

यता, जेन जीका एक नेताले दस लाखभन्दा बढी नयाँ युवा मतदाता थपिने अपेक्षा गरे पनि त्यस्तो प्रगति नदेखिएको बताउँदै चिन्ता व्यक्त गरेका छन्। निर्वाचन आयोगका अनुसार हाल देशभर करिब एक करोड ८२ लाख मतदाता दर्ता छन्। आयोगले नयाँ अद्यावधिकपछि यो संख्या पाँचदेखि सात लाखसम्म बढ्ने अनुमान गरेको छ।

प्रकाशित मिति : 7:27 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)