घर जलेको साथीका परिवारलाई लिटलवुद्धका विद्यार्थी र शिक्षकको सहयोग



फुङलिङ, कात्तिक १८ गते । आगलागीमा घर गुमाएको साथीका परिवारलाई लिटलवुद्धका विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । फुङलिङ नगरपालिका ४ कञ्चनजङ्घा टोलमा भएको आगलागीमा घर गुमाएको साथीका परिवारलाई सहयोग गरेका हुन् । 

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइ मार्फत विद्यार्थीको तर्फबाट छ हजार सात सय १५ रुपैयाँ सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक युवराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको तर्फबाट एक वर्षका लागि शुल्क पूर्ण मिनाहा गर्नुका साथै विद्यालय पोशाक र ट्रयाकसुट उपलब्ध गराइएको छ ।  

गत कार्तिक ५ गते दिपावलीको समयमा महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीको एकतले पक्की घरमा आगलागी भएको थियो । उहाँहरूका छोरी गृष्मा कक्षा ४ र छोरा जसमान यु केजीमा यही विद्यालयमा अध्ययनरत छन् ।

झोला बनाउने उद्योग रहेको उहाँहरूको घर जल्दा ३६ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको घर वा परिवारमा यस्ता समस्या भए विद्यार्थी स्वयंले रकम सङ्कलन गर्ने र शिक्षक र विद्यालयको तर्फबाट पनि सहयोग गरी हस्तान्तरण गर्ने प्रचलन रहेको विद्यालय प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : 6:53 am

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको