रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार बन्द हुने भएको छ । चाडपर्व सकिए सँगै कार्तिक १४ गतेबाट फुङलिङ बजार शुक्रबार बन्द हुने भएको हो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सामाजिक सञ्जालमा एक सुचना जारी गर्दै शुक्रबार बजार पसल बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ ।
दशैँ तिहार सहितका चाडपर्व लक्षित गरि उपभोक्ताको सहजताका लागि भाद्र २७ गते देखी शुक्रबार पनि बजार खुल्ला हुँदै आएको थियो । चाडपर्व सकिएसँगै उपभोक्ताको चाप कम हुने भएकोले पुर्ववत रुपमा बजार पसल बन्द हुने उद्योग वाणीज्य संघ ताप्लेजुङले जनाएको छ ।






प्रतिक्रिया