दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्रमा दर्शनार्थी स्वास्थ्य सहायता केन्द्र स्थापना



रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपिठ पाथीभराको दर्शन गर्न आउने दर्शनार्थीको सहजताका लागि दर्शनार्थी स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको छ । शसस्त्र प्रहरी बल, नेपाल नं. १ गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङ र पाथीभरा क्षेत्र विकास समितिको सहकार्यमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको हो ।

दर्शनार्थीहरुलाई मन्दिरको दर्शन गर्न जाने क्रममा स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले काफ्लेपाटी र बलु डाँडाको बिच भागमा उक्त स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको पाथिभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नं.१ गुल्म हेड क्वाटर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकले दर्शनार्थीको चापलाई मध्यनजर गरी उहाँहरुलाई सहजता होस भन्ने उद्देश्यले सहायता केन्द्र स्थापना गरि सञ्चालनमा ल्याईएको बताउनुभयो ।

उहाँका अनुसार तालिम प्राप्त मेडिकल असिस्टेन्टले सहायता केन्द्रबाट लेक लाग्ने, प्रेसर जाँच, टाउको दुख्ने, वान्ता हुने लगायतका समस्या निम्तिएका दर्शनार्थीलाई सेवा प्रदान गर्नेछन् । विगतमा पनि दर्शनार्थीको भिड हुने समयमा शसस्त्र प्रहरीले हेल्थ डेस्क स्थापना गरेर दर्शनार्थीको सहजताका लागि काम गरि रहेको थियो ।

उक्त दर्शनार्थी स्वास्थ्य सहजता सहायता केन्द्रको शनिबार फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनको प्रेसर जाँच गरि उद्धघाटन गरिएको छ । शनिबार मात्रै यस सिजनको हालसम्मको सबै भन्दा बढी ६ हजार ३ सय ९३ दर्शनार्थीले पाथीभराको दर्शन गरेका थिए ।

प्रकाशित मिति : 8:42 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा