फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी भएको छ । फुङलिङ नगरपालिकाको वडा न.४ स्थित कञ्चनजंघा टोलमा रहेको महेन्द्र सार्कीको घरमा आगलागी भएको हो ।

सार्किको एकतले पक्कि घरमा विद्युत सर्ट भई आगलागी भएको स्थानीयले प्रहरीलाई जानकारी गराउनसाथ नेपाल प्रहरी र नेपाली सेना परिचालित भई आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी विवेक वस्नेतले जानकारी दिनुभयो ।

उक्त घरमा झोला बनाउने गोदाम रहेको बताईएको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार घरमा रहेको ब्याग बनाउने मेसिन ४ थानको अन्दाजी ३ लाख, तयारी ब्यागहरु अन्दाजी २० लाख र ब्याग बनाउन प्रयोग गरिने सामाग्री अन्दाजी १३ लाख गरी कुल अनुमानीत ३६ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ । आगलागीमा मानवीय क्षती भने नभएको र आगलागी बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9:49 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको