फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी भएको छ । फुङलिङ नगरपालिकाको वडा न.४ स्थित कञ्चनजंघा टोलमा रहेको महेन्द्र सार्कीको घरमा आगलागी भएको हो ।

सार्किको एकतले पक्कि घरमा विद्युत सर्ट भई आगलागी भएको स्थानीयले प्रहरीलाई जानकारी गराउनसाथ नेपाल प्रहरी र नेपाली सेना परिचालित भई आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी विवेक वस्नेतले जानकारी दिनुभयो ।

उक्त घरमा झोला बनाउने गोदाम रहेको बताईएको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार घरमा रहेको ब्याग बनाउने मेसिन ४ थानको अन्दाजी ३ लाख, तयारी ब्यागहरु अन्दाजी २० लाख र ब्याग बनाउन प्रयोग गरिने सामाग्री अन्दाजी १३ लाख गरी कुल अनुमानीत ३६ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ । आगलागीमा मानवीय क्षती भने नभएको र आगलागी बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9:49 pm

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा