ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले पालिकाको वडा नं.४ साब्लाखुका मिर्गौला पिडित सागर लिम्बुलाई आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष दिपक नेपालीका अनुसार दुबै मृगौला फेल भएका वर्ष ३६ का लिम्बुलाई ९१ हजार ८ सय रुपैँया सहयोग रकम प्रदान गरिएको हो । उक्त रकम समाजका पुर्व संस्थापक पेलिहाङ साउदेन र सल्लाहकार हरि प्रसाद भट्टराईले बिरामी लिम्बुलाई हस्तान्तरण गरिएको अध्यक्ष नेपालीको भनाई छ ।

यस अघि ताप्लेजुङ सेवा समाज मलेसियाले बिरामी, प्राकृतिक प्रकोपमा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नुका साथै विशेष गरि कोरोना भाईरसको समयमा जिल्लाका ६१ वटाका स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षको रोहबरमा स्वास्थ्य सामाग्री हस्तारण गरिएको समाजले जनाएको छ । प्रवासमा रहेर पनि देश र आफ्नो जिल्लाको मायाले पनि थोरै भएपनि सहयोग गर्दै आएको अध्यक्ष नेपालीको भनाई छ ।

ताप्लेजुङ सेवा समाज मलेसिया ताप्लेजुङ जिल्लामा जन्मिएर हाल मलेसियामा रोजगारीका शिलशिलामा पुगेका प्रवासीहरुको संस्था हो । मलेसियामा रहेका नेपालीहरुलाई संस्थामा जोडिन समेत अध्यक्ष नेपालीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 10:04 am

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल

प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई

नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी