ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले पालिकाको वडा नं.४ साब्लाखुका मिर्गौला पिडित सागर लिम्बुलाई आर्थिक सहयोग गरेको हो । समाजका अध्यक्ष दिपक नेपालीका अनुसार दुबै मृगौला फेल भएका वर्ष ३६ का लिम्बुलाई ९१ हजार ८ सय रुपैँया सहयोग रकम प्रदान गरिएको हो । उक्त रकम समाजका पुर्व संस्थापक पेलिहाङ साउदेन र सल्लाहकार हरि प्रसाद भट्टराईले बिरामी लिम्बुलाई हस्तान्तरण गरिएको अध्यक्ष नेपालीको भनाई छ ।

यस अघि ताप्लेजुङ सेवा समाज मलेसियाले बिरामी, प्राकृतिक प्रकोपमा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नुका साथै विशेष गरि कोरोना भाईरसको समयमा जिल्लाका ६१ वटाका स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षको रोहबरमा स्वास्थ्य सामाग्री हस्तारण गरिएको समाजले जनाएको छ । प्रवासमा रहेर पनि देश र आफ्नो जिल्लाको मायाले पनि थोरै भएपनि सहयोग गर्दै आएको अध्यक्ष नेपालीको भनाई छ ।

ताप्लेजुङ सेवा समाज मलेसिया ताप्लेजुङ जिल्लामा जन्मिएर हाल मलेसियामा रोजगारीका शिलशिलामा पुगेका प्रवासीहरुको संस्था हो । मलेसियामा रहेका नेपालीहरुलाई संस्थामा जोडिन समेत अध्यक्ष नेपालीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 10:04 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज