नेपाल नेत्रज्योती संघ ताप्लेजुङद्धारा अक्षयकोषदातालाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ ।
नेपाल नेत्र ज्योती संघ ताप्लेजुङले अक्षयकोष दातालाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै संघले अक्षयकोष दाता फक्ताङलुङ गाउँपालिका ६ लुङथुङ घर भई हाल फुङलिङ नगरपालिका – ४ निबासी छोवाङ नुपु शेर्पा ईलावा (पाला) लाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गरेको हो ।

पालाले बुबा स्वर्गीय छेतेन शेर्पा ईलावा, स्वर्गीय आमा किलामु ईलावा तथा श्रीमती स्वर्गीय पासाङ भुटि लामा शेर्पा ईलावाको सम्झनामा अक्षयकोषमा ५० हजार एक सय पन्ध्र रुपैँया प्रदान गर्नुभएको थियो । पालासँगै उहाँका छोराहरु टाँसी र पासाङ शेर्पा ईलावा र छोरी लाक्पाछोकी शेर्पा ईलावा (लक्ष्मी गिरी) ले संयुक्त रुपमा सहयोग रकम प्रदान गर्नुभएको हो ।

संघले आँखा स्वास्थ्य सेवालाई प्रभावकारी र सोझै जनताको पहुँचसम्म पु¥याउने उद्देश्यले बृहत अक्षयकोष स्थापना गरेको छ ।
अक्षयकोष सञ्चालन गर्नुको मुख्य उद्देश्य आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै आँखा स्वास्थ्य सेवाका गतिविधिलाई सेवा क्षेत्रका जनतामा सहज र सरल ढङ्गले बढाउनु, विपन्न तथा असहाय परिवारका सदस्यलाई प्रकृति र अवस्था हेरी निशुल्क आँखा उपचार सेवा प्रदान गर्नु रहेको संघका सभापति राजकुमार गुरुङले बताउनुभयो ।

साथै आँखा स्वास्थ्य सेवाका गतिविधिलाई ग्रामीण र दुर्गम भेगसम्म विस्तार गर्दै सेवा क्षेत्रका नागरिक सम्म सहज ढङ्गले आँखा स्वास्थ्य सेवा प्रदान गर्नु रहेको संघले जनाएको छ । साथै कार्यक्रममा आँखा अस्पताललाई पुनः निर्माण गर्न आर्थिक सहयोग गर्ने नेपाल मेडिकल सपोट जर्मनीकी अध्यक्ष उर्सुला मारिया युगेनीलाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 7:30 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि