जेनजी संगठन ताप्लेजुङको संयोजकमा गोपाल गुरागाईँ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा जेनजी संगठन गठन भएको छ । मंगलबार युवाहरुको भेलाबाट जेनजी संगठन जिल्ला समिती गठन भएको हो । समितीको संयोजकमा गोपाल गुरागाईँ र सह–संयोजकमा विकास ताप्मादेन चयन हुनुभएको छ । कार्यक्रममा सहभागी युवाहरूले नयाँ पुस्ताको विचार, उत्साह र ऊर्जालाई एक ठाउँमा ल्याउँदै समाजमा देखिएको अन्याय, भ्रष्टाचार र बेरोजगारी विरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाए ।

जेनजी संगठनले भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगार, सबैका लागि स्वास्थ्यको पहुँच, गुणस्तरीय शिक्षा र दिगो विकास भन्ने नारा सहित अबको यात्रालाई “परिवर्तनका लागि युवा जागरण” को रूपमा अघि बढाउने घोषणा गरेको छ ।
भेलामा सहभागी जेनजी युवाहरूले ताप्लेजुङ र चीनबीचको व्यापार सहज र छिटो पार्न नाकाको निर्माण कार्य छिटो सम्पन्न गर्न माग गरे । साथै, जिल्लामा बसोबास गर्ने युवाका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : 6:26 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ