रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु



ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम ९डीसीओपी० सुरु भएको छ । तालिम नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा सुरु भएको हो । 

पूर्वी पृतनाको कार्यक्षेत्र अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाका २३ जना सञ्चारकर्मीहरूलाई अभिमुखीकरण तालिम दिइएको हो । बिहीबारसम्म जारी रहने तालिममा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी, भूमिका तथा मुख्य गतिविधिबारे जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद प्रतिकार्य र समसामयिक विषयहरूमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रममा विपद्प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ । यस्ता कार्यक्रमबाट सञ्चारजगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने तालिममा सहभागी सञ्चारकर्मीले अपेक्षा गरेका छन् ।

कार्यक्रमको उद्‌घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तालिमको उद्‌घाटन सत्रमा सहभागी अतिथि तथा सञ्चारकर्मीहरू ।

तस्विर सौजन्य : नेपाली सेना

प्रकाशित मिति : 9:23 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र