ढुङ्गा झर्दा आठराई त्रिवेणी र दोभान जोडने सडक अवरुद्ध



ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका र दोभान जोडने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो ।

मङ्गलबार बिहान ९ बजेको समयमा उक्त कच्ची सडक खण्डमा ढुङ्गा झर्दा सडक अवरुद्ध भई यातायात ठप्प भएको सूचना अधिकार तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अठराई त्रिवेणीदेखि दोभान आवतजावत हुने सवारी साधन ठप्प भएको छ ।

दुबै तर्फ सडक अवरुद्ध हुने गरि ढुङ्गा झरेका कारण तत्काल सडक खुलाउन नसक्ने अवस्था रहेको प्रहरीको भनाई छ । साथै ढुङ्गा हटाउनका लागि पालिकासँग समन्वय भई रहेको बताइएको छ ।

प्रकाशित मिति : 12:37 pm

ढुङ्गा झर्दा आठराई त्रिवेणी र दोभान जोडने सडक अवरुद्ध

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका र

ताप्लेजुङको हाङपाङमा जिप दुर्घटना हुँदा दुई जना घाइते

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको

तमोर कोरिडोर दुर्घटनामा मेरिङदेनकै चार जनाको मृत्यु, यातायात खर्च मेरिङदेनले बेहोर्ने

ताप्लेजुङ, असोज १९ गते । तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा

आवश्यक पूर्वतयारी गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको निर्देशन

ताप्लेजुङ, असोज १८ गते । निरन्तर भइरहेको भारी वर्षाका कारण

कञ्चनजङ्घा आधार शिविर भ्रमणका लागि आएका ८ जनालाई फुङलिङमै रोकियो 

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो