ताप्लेजुङको हाङपाङमा जिप दुर्घटना हुँदा दुई जना घाइते



ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफा चोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनबाट फुङलिङ तर्फ आउँदै जिप दुर्घटनामा परेको हो । 

१० जना यात्रु सवार मे १ ज २५१९ नम्बरको जिप आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङको पुच्छर लाफा चोक नजिक सडकमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार १० जना मध्ये २ जना रन्जिता वनेम  र  सविना श्रेष्ठ घाइते  हुनुभएको छ । 

अन्य ८ जना यात्रु र चालक सकुशल रहेको उहाँको भनाई छ । जिप दुर्घटना पछि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको अध्यक्ष पोमूले जानकारी दिनुभएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ । 

प्रकाशित मिति : 9:49 am

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि