आवश्यक पूर्वतयारी गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको निर्देशन



ताप्लेजुङ, असोज १८ गते । निरन्तर भइरहेको भारी वर्षाका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अहिले ताप्लेजुङसहित देशका धेरै स्थानमा भारी वर्षा भइरहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लावासीलाई उच्च सतर्कता सहित आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले एक विज्ञप्ति जारी गर्नु हुँदै नागरिकहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ । यस्तै सडक डिभिजन इलामले अर्को सूचना जारी नभएसम्मका लागि मेची राजमार्ग (ताप्लेजुङदेखि झापा) बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका साना–ठूला सवारी साधनको आवागमन पूर्णरूपमा रोक लगाइएको छ । दिउँसोको समयमा यात्रा गर्नु परेमा मौसम र बाटोको अवस्था यकिन गरी मात्र घरबाट निस्कन सिफारिस गरिएको छ।

ठूला सवारी साधन (१० टनभन्दा बढी वजन भएका) ले मेची कोरिडोर मार्ग र साना सवारी साधनले सिमलगोल–जोगमाई–तिल्केनी सडकखण्ड प्रयोग गर्नुपर्ने निर्देशन दिइएको छ । त्यस्तै, फुङलिङ–सुकेटार–काफ्लेपाटी लगायतका कच्ची सडकहरूमा समेत राति ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन नगर्न आग्रह गरिएको छ । अत्यावश्यक अवस्थामा पदयात्रा गर्नुपरे पनि मौसम र बाटोको अवस्था सुनिश्चित गरी मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

विपद्जन्य घटनाका कारण सडक वा अन्य स्थानमा फँसेका नागरिक, यात्रु वा पर्यटकहरूलाई सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस र स्वयंसेवी संस्थाहरूले आपसी समन्वयमा सुरक्षित स्थानमा राखी खाना, स्वास्थ्योपचार लगायतका आवश्यक व्यवस्था मिलाउन भनिएको छ । साथै, कञ्चनजङ्घा क्षेत्रमा भ्रमणरत पर्यटकहरूलाई जोखिमबारे सचेत गराउन र आवागमनमा सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

यता गृह मन्त्रालयले असोज १९ र २० गतेका लागि सार्वजनिक बिदा घोषणा गरेको भए पनि, विपद् व्यवस्थापन र अत्यावश्यक सेवासम्बन्धी कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रूपमा उपस्थित रहन र अन्य निकाय, जनप्रतिनिधि तथा स्वयंसेवी सङ्घसंस्थालाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : 7:14 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि