कञ्चनजङ्घा आधार शिविर भ्रमणका लागि आएका ८ जनालाई फुङलिङमै रोकियो 




ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमणका लागि आएका ७ भारतीय नागरिक सहित ८ जनालाई फुङलिङ बजारमै रोकिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगर्न भनी रोकिएको हो । 

उहाँहरूलाई फुङलिङ नगरपालिका–२ स्थित होटल ईको भ्यु पोइन्टमा सुरक्षित राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षाका सम्पूर्ण व्यवस्था मिलाइएको बताइएको छ ।

उहाँहरू भारतको कलकत्ताबाट कञ्चनजङ्घा बेस क्याम्प भ्रमणका लागि नेपाल आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगरी सुरक्षित स्थानमा राखिएको हो ।

उहाँहरूको टोलीमा भारतका अशोक परियार, सुवित बेनेजी, समु मण्डल, सुमन विश्वास, परदिन मण्डल, साटि बेनाजी र अजय कुमार हवल्दार र एक जना गाईड इलाम सन्तपुरका फुतेन्जी शेर्पा रहनुभएको छ । 

मौसम सामान्य भएपछि मात्र उहाँहरूलाई यात्राको अनुमति दिइने जिल्ला प्रशासन ताप्लेजुङले जनाएको छ  । 

प्रकाशित मिति : 6:48 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि