कञ्चनजङ्घा आधार शिविर भ्रमणका लागि आएका ८ जनालाई फुङलिङमै रोकियो 




ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमणका लागि आएका ७ भारतीय नागरिक सहित ८ जनालाई फुङलिङ बजारमै रोकिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगर्न भनी रोकिएको हो । 

उहाँहरूलाई फुङलिङ नगरपालिका–२ स्थित होटल ईको भ्यु पोइन्टमा सुरक्षित राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षाका सम्पूर्ण व्यवस्था मिलाइएको बताइएको छ ।

उहाँहरू भारतको कलकत्ताबाट कञ्चनजङ्घा बेस क्याम्प भ्रमणका लागि नेपाल आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगरी सुरक्षित स्थानमा राखिएको हो ।

उहाँहरूको टोलीमा भारतका अशोक परियार, सुवित बेनेजी, समु मण्डल, सुमन विश्वास, परदिन मण्डल, साटि बेनाजी र अजय कुमार हवल्दार र एक जना गाईड इलाम सन्तपुरका फुतेन्जी शेर्पा रहनुभएको छ । 

मौसम सामान्य भएपछि मात्र उहाँहरूलाई यात्राको अनुमति दिइने जिल्ला प्रशासन ताप्लेजुङले जनाएको छ  । 

प्रकाशित मिति : 6:48 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य