कञ्चनजङ्घा आधार शिविर भ्रमणका लागि आएका ८ जनालाई फुङलिङमै रोकियो 




ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमणका लागि आएका ७ भारतीय नागरिक सहित ८ जनालाई फुङलिङ बजारमै रोकिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगर्न भनी रोकिएको हो । 

उहाँहरूलाई फुङलिङ नगरपालिका–२ स्थित होटल ईको भ्यु पोइन्टमा सुरक्षित राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षाका सम्पूर्ण व्यवस्था मिलाइएको बताइएको छ ।

उहाँहरू भारतको कलकत्ताबाट कञ्चनजङ्घा बेस क्याम्प भ्रमणका लागि नेपाल आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगरी सुरक्षित स्थानमा राखिएको हो ।

उहाँहरूको टोलीमा भारतका अशोक परियार, सुवित बेनेजी, समु मण्डल, सुमन विश्वास, परदिन मण्डल, साटि बेनाजी र अजय कुमार हवल्दार र एक जना गाईड इलाम सन्तपुरका फुतेन्जी शेर्पा रहनुभएको छ । 

मौसम सामान्य भएपछि मात्र उहाँहरूलाई यात्राको अनुमति दिइने जिल्ला प्रशासन ताप्लेजुङले जनाएको छ  । 

प्रकाशित मिति : 6:48 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा