महिलालाई उद्यमी बनाउन गलैँचा बुन्ने तालिम



ताप्लेजुङ, असोज ५ गते । ताप्लेजुङमा एक महिने गलैँचा बुन्ने तालिम सुरु भएको छ । तालिम हिमाली संरक्षण मञ्च ताप्लेजुङ र रेड पान्डा नेटवर्कको साझेदारीमा सुरु भएको हो ।

६ लाख ७० हजार बढीको लागतमा तालिम सुरु गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । उहाँका अनुसार गत भदौ २३ गतेबाट सुरु भएको तालिम असोज २४ गते सम्म जारी रहनेछ । रेडपान्डा ९हाब्रे०को प्रचार, संरक्षण तथा रेडपान्डाको बासस्थान रहेको क्षेत्रका महिलाहरूको आम्दानी बढाउने तालिम प्रदान गरिएको मञ्चले जनाएको छ ।

तालिममा जिल्लाका विभिन्न स्थानका १० जना महिलाको सहभागिता रहेको छ । गलैँचामा दुर्लभ बन्यजन्तु रेडपान्डा अङ्कित लोगो समावेश गरि तयार पारिदैछ । जसले हाब्रेको पहिचान जोगाउन तथा प्रचारमा ल्याउन मदत पुर्याउने मञ्चको विश्वास छ ।

तालिमको सहजीकरण गलैँचा बुनेर लामो समय सम्म अनुभव समेट्नु भएका दावाफुटी शेर्पाले गरिरहनु भएको छ । चालू आर्थिक वर्षमा मञ्चले ताप्लेजुङमा रेडपान्डा संरक्षणका लागि करिब डेढ करोड रुपियाँ लगानी गर्दै छ ।

नौ ओटा स्थानीय तह रहेको ताप्लेजुङमा आठराई त्रिवेणी गाउँपालिका बाहेक अरु सबै क्षेत्रमा रेडपान्डाको बासस्थान रहेकाले ती स्थानमा मञ्चले कार्यक्रम गरि रहेको छ ।

प्रकाशित मिति : 6:36 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर