ताप्लेजुङ, असोज ३ गते । ताप्लेजुङमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । ११औं संविधान दिवसको अवसरमा जिल्लाका तीन दल नेकपा एमाले, नेपाली काङ्ग्रेस नेकपा (माओवादी केन्द्र)ले दीप प्रज्वलन गरेको हो ।

नेकपा एमाले ताप्लेजुङले पार्टी कार्यालयमा दीप प्रज्वलन गरेको छ । दिउँसो संविधान अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी साँझ दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन० जानकारी दिनुभयो ।
यस्तै नेपाली काँग्रेसले फुङलिङ बजारको वीरेन्द्र चौकमा दीप प्रज्वलन गरेको छ । बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त नेपालको संविधान २०७२ संरक्षण र संस्थागत विकासको कामना सहित दीप प्रज्वलन गरिएको सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताउनुभयो ।

यता नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यालयमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । संविधान दिवसकै अवसरमा शुक्रवार बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङको मुख्य प्रवेशद्वार हेलिप्याडमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरिएको थियो ।

प्रतिक्रिया