ताप्लेजुङमा दीप प्रज्वलन गरि मनाइयो संविधान दिवस



ताप्लेजुङ, असोज ३ गते । ताप्लेजुङमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । ११औं संविधान दिवसको अवसरमा जिल्लाका तीन दल नेकपा एमाले, नेपाली काङ्ग्रेस नेकपा (माओवादी केन्द्र)ले दीप प्रज्वलन गरेको हो ।

नेकपा एमाले ताप्लेजुङले पार्टी कार्यालयमा दीप प्रज्वलन गरेको छ । दिउँसो संविधान अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी साँझ दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन० जानकारी दिनुभयो ।

यस्तै नेपाली काँग्रेसले फुङलिङ बजारको वीरेन्द्र चौकमा दीप प्रज्वलन गरेको छ । बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त नेपालको संविधान २०७२ संरक्षण र संस्थागत विकासको कामना सहित दीप प्रज्वलन गरिएको सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताउनुभयो ।

यता नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यालयमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । संविधान दिवसकै अवसरमा शुक्रवार बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङको मुख्य प्रवेशद्वार हेलिप्याडमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरिएको थियो ।

प्रकाशित मिति : 7:09 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित