दशैँ अघि सिदिङ्वा गाउँपालिकाको भुत्तानी नहुने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कुनैपनि भुत्तानी दशैँअधि नहुने भएको छ । जनेनी आन्दोलनका नाममा एक समुहले पालिका भाद्र २५ गते तोडफोड गरी कार्यालयका सामाग्री तथा अत्यावश्यक कागजातहरु लिएर गएकोले भुक्तानी दशैँ अघि गर्न नसकिने सम्पुर्ण कर्मचारीले विज्ञप्ती निकाल्दै जनाएका हुन् ।

गाउँपालिका तोडफोड पछि सम्पुर्ण पालिकाको सेवा प्रवाह सोही दिनबाट पुर्ण रुपमा ठप्प रहेकोले असोज ३ गतेसम्म कार्यालय सञ्चालन नभएमा प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता निकासा, विद्यालयहरुको तलव भत्ता निकासा, हालसम्मको दायित्व सृजना भएको खर्चको भूक्तानी, सडक हेरालुहरुको पारिश्रमिक तथा श्रावण महिनाबाट हालसम्मको कर्मचारीहरुको तलब भत्ता भुक्तानी गर्न साथै अन्य निकायहरुमा पेश गर्नुपर्ने वार्षिक विवरण पेश गर्न नसकिने अवस्था रहेको उल्लेख छ ।

कार्यालयवाट दशैं अगाडि कुनै पनि भुक्तानी गर्न प्राविधिक एवं व्यवहारिक रुपमा कठिन रहेकोले कर्मचारीहरु जवाफदेहि हुन नसक्ने भएकोले तत्काल कार्यालय संचालनका लागि सरोकारवालाहरुलाई समन्वय र सहजिकरण गरिदिन पालिकाका सम्पुर्ण कर्मचारीले विज्ञप्ती मार्फत अपिल गरेका छन् ।

विज्ञप्तीमा भाद्र २५ गते भएको उक्त घटनाको विषयमा भाद्र २९ गते गाउँकार्यपालिकाको बैठक बसेर आवश्यक कारबाहीको लागी सम्बन्धित निकायमा पठाईएको जनाईएको छ ।

प्रकाशित मिति : 10:40 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य