दशैँ अघि सिदिङ्वा गाउँपालिकाको भुत्तानी नहुने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कुनैपनि भुत्तानी दशैँअधि नहुने भएको छ । जनेनी आन्दोलनका नाममा एक समुहले पालिका भाद्र २५ गते तोडफोड गरी कार्यालयका सामाग्री तथा अत्यावश्यक कागजातहरु लिएर गएकोले भुक्तानी दशैँ अघि गर्न नसकिने सम्पुर्ण कर्मचारीले विज्ञप्ती निकाल्दै जनाएका हुन् ।

गाउँपालिका तोडफोड पछि सम्पुर्ण पालिकाको सेवा प्रवाह सोही दिनबाट पुर्ण रुपमा ठप्प रहेकोले असोज ३ गतेसम्म कार्यालय सञ्चालन नभएमा प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता निकासा, विद्यालयहरुको तलव भत्ता निकासा, हालसम्मको दायित्व सृजना भएको खर्चको भूक्तानी, सडक हेरालुहरुको पारिश्रमिक तथा श्रावण महिनाबाट हालसम्मको कर्मचारीहरुको तलब भत्ता भुक्तानी गर्न साथै अन्य निकायहरुमा पेश गर्नुपर्ने वार्षिक विवरण पेश गर्न नसकिने अवस्था रहेको उल्लेख छ ।

कार्यालयवाट दशैं अगाडि कुनै पनि भुक्तानी गर्न प्राविधिक एवं व्यवहारिक रुपमा कठिन रहेकोले कर्मचारीहरु जवाफदेहि हुन नसक्ने भएकोले तत्काल कार्यालय संचालनका लागि सरोकारवालाहरुलाई समन्वय र सहजिकरण गरिदिन पालिकाका सम्पुर्ण कर्मचारीले विज्ञप्ती मार्फत अपिल गरेका छन् ।

विज्ञप्तीमा भाद्र २५ गते भएको उक्त घटनाको विषयमा भाद्र २९ गते गाउँकार्यपालिकाको बैठक बसेर आवश्यक कारबाहीको लागी सम्बन्धित निकायमा पठाईएको जनाईएको छ ।

प्रकाशित मिति : 10:40 am

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने