मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधिन मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ । मेवा डेभलपर्स लिमिटेडद्वारा प्रबर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ्ग बिहिबार ब्रेक थ्रु भएको हो ।

मिक्वाखोला ४ साँबाको फुङफुङ्गे मन्दीर देखी मिक्वाखोला ३ को लिवाङ पुछार मेवाखोला सम्म रहेको आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल ब्रेक थ्रु भएको आयोजनाका प्रमुख ब्यवस्थापक सुनिल प्रसाद रेग्मीले जानकारी दिनु भयो ।
आयोजनाको मुख्य सिभिल संरचना निर्माण संगै आयोजनाको हाईड्रोमेकानिकल, ईलेक्ट्रोमेकानिकल तथा विद्युत प्रसारण लाईन सम्वन्धि कार्यहरु सम्पन्न हुने अवस्थामा रहेको आयोजनाका प्रमुख रवि मुल्मीले बताउनु भयो ।

कम्पनीका प्रवन्ध संचालक भानु पोखरेलले प्रतिकूल भौगर्भिक अवस्थाका चुनौतिहरु पार गर्दै आयोजनाको मुख्य सुरुङ्ग मार्ग सफलतापुर्वक सम्पन्न गर्न सफल भएको र अन्य निर्माणका कार्यहरुमा समेत उल्लेखनिय प्रगति भईसकेको अवस्थामा सम्पूर्ण निर्माण कार्यहरु पूरा गरी एकवर्ष भित्र नै आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 10:09 am

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका