ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति



ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न राजनीतिक दलका पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढी क्षति भएको छ । चार वटा पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार ५३० रुपियाँ बराबरको क्षति भएको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले क्षति विवरण बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार पार्टीतर्फ सबैभन्दा बढी क्षति एमालेको भएको विवरण पेश भएको छ ।

पेश गरिएको विवरण अनुसार एमालेको ५९ लाख ६० हजार ४० रुपियाँ बराबरको क्षति छ । नेपाली काँग्रेसको ११ लाख ४० हजार २ सय ४० रुपियाँ, रास्वपाको ७ लाख १८ हजार ७५० रुपियाँ र माओवादी केन्द्रको ५ लाख ७० हजार ५ सय रुपियाँ क्षति भएको छ । जेनजी आन्दोलनकै समयमा पहिचानवादी मोर्चाको कार्यालयमा समेत क्षति पुगेको उक्त पार्टी सम्वद्ध नेताहरूले सामाजिक सञ्जालमा लेखेका थिए ।

तर, उक्त कार्यालयको क्षति विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । उक्त अवधिमा फुङलिङ नगरपालिका, पाथीभरा मन्दिरमा रहेको स्वास्थ्य साहयता केन्द्र र माथिल्लो तमोर जलविद्युत आयोजनाको एउटा भवनमा आगजनी भएको थियो ।

यस्तै सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड तथा कागजात लगिएको पालिका अध्यक्ष मानबहादुर राईले बताउनु भएको छ । नगरपालिकाले करिव साढे ५ करोड हाराहारी क्षति भएको अनौपचारिक रुपमा बताउँदै आएको छ ।

प्रकाशित मिति : 6:52 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी