ताप्लेजुङमा हट्यो निषेधाज्ञा र कर्फ्यु



ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएसँगै जनजीवन सामान्य बनेको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि गएको बुधबारयता लगाइएको निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटाइएपछि जनजीवन सामान्य बन्दै गएको हो ।

जेनजी आन्दोलनका नाम हुने प्रदर्शन, हुलदङ्गा र अराजक गतिविधिले जिल्लाको शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बुधबार बिहानदेखि निषेधाज्ञा र कर्फ्यु लगाउनुभएको थियो । निरन्तरको निषेधाज्ञा र कर्फ्युका कारण जिल्लाको जनजीवन असमान्यजस्तै बनेको थियो ।

आन्दोलनको अवस्था सामान्य बन्दै गएसँगै शुक्रबार राति पूर्व प्रधानन्यायाधीस सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएपछि शनिबारदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । पछिल्लो परिस्थिति सामान्य बन्दै गएकाले निषेधाज्ञा र कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । गएको बुधबारदेखि जिल्लाभर दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लगाइँदै आएको थियो ।

यता जेनजी पुस्ताले गरेको देशव्यापी आन्दोलनअन्तर्गत ताप्लेजुङमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो । प्रदर्शनसँगै जेनजी समूहकै नाममा फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन क्षतिग्रस्त हुने तोडफोड र आगजनी गरिएको छ । त्यस्तै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका जिल्ला पार्टी कार्यालयहरूसमेत तोडफोड गरी क्षति पुर्‍याइएको छ ।

त्यसैगरी पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता) भवन र टि हाउस पनि आगजनी गरी नष्ट गरिएको छ । माथिल्लो तमोर जलविद्युत् आयोजनाको दुई वटा टिप्पर र निर्माण लगायतका सामान भण्डारण गरी रारिएको स्टोर भवनमा पनि जेनजी समूहकै नामबाट आगजनी गरी क्षति पुर्‍याइएको छ ।

प्रकाशित मिति : 6:46 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि