ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो



ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्था मध्यनजर गर्दै कफ्‍‍र्यू लम्बिएको हो । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले शुक्रबार एक सूचना प्रकाशित गर्दै शनिबार बिहान ६ बजे सम्म लागू हुनेगरि कफ्‍‍र्यू आदेश जारी गर्नुभएको छ ।  प्रजिअ सेढाइँले जारी गर्नुभएको सूचना अनुसार जिल्लाभर कफ्‍‍र्यू लागू हुने छ ।

जिल्लाको पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा सङ्खुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम साथै पाँचथर जिल्लाको सिमानाबाट उत्तर तर्फको चार किल्ला भित्रको क्षेत्र भरि लागू हुने गरी कफ्‍‍र्यू आदेश जारी गरिएको छ । 

कफ्‍‍र्यू लागू पछि कोही पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक एवम् घेराउ गर्न नपाइने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । कफ्‍‍र्यू आदेशको उल्लङ्घन गर्ने तथा पालना नगर्नेलाई कानून बमोजिम कारवाही हुने हुने समेत जनाइएको छ । 

कर्फ्युको अवधिमा एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने छन् ।  उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने र आउजाउ गर्न सुरक्षाकर्मीबाट सहजीकरण हुने पनि सूचनामा उल्लेख गरिएको छ ।  

शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भने जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।   

प्रकाशित मिति : 4:24 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक