फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला हुने भएको छ । दशैँ तिहार सहितका चाडपर्व नजिकिएसँगै उपभोक्ताको सहजताका लागि शुक्रबार बन्द हुँदै आएको बजार खुल्ला हुने भएको हो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले एक विज्ञप्ती जारी गर्दै शुक्रबार पनि बजार पसल खुला गर्न व्यवसायीलाई आग्रह गरेको छ । साथै वाणिज्यले व्यवसायीलाई म्याद नाघेका, गुणस्तरहीन, हानिकारक, नक्कली सामाग्री नबेच्न अनुरोध गरेको छ ।


त्यस्तै कालोबजारी, कृत्रिम अभाव सृजना नगर्न, अनावश्यक मुल्य वृद्धि नर्गन पनि व्यवसायीको ध्यानाकर्षण गरेको छ । साथै उपभोक्तालाई सामान खरिद गर्दा म्याद, गुणस्तर, मुल्य र मापन गर्न र उपभोक्ता अधिकार हनन भएको पाईएका उद्योग वाणिज्य र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । बजार कार्तिक १४ शुक्रबार देखी पुर्ववत रुपमा प्रत्येक शुक्रबार बन्द हुने वाणिज्य संघले जनाएको छ ।

प्रकाशित मिति : 10:09 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क