फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला हुने भएको छ । दशैँ तिहार सहितका चाडपर्व नजिकिएसँगै उपभोक्ताको सहजताका लागि शुक्रबार बन्द हुँदै आएको बजार खुल्ला हुने भएको हो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले एक विज्ञप्ती जारी गर्दै शुक्रबार पनि बजार पसल खुला गर्न व्यवसायीलाई आग्रह गरेको छ । साथै वाणिज्यले व्यवसायीलाई म्याद नाघेका, गुणस्तरहीन, हानिकारक, नक्कली सामाग्री नबेच्न अनुरोध गरेको छ ।


त्यस्तै कालोबजारी, कृत्रिम अभाव सृजना नगर्न, अनावश्यक मुल्य वृद्धि नर्गन पनि व्यवसायीको ध्यानाकर्षण गरेको छ । साथै उपभोक्तालाई सामान खरिद गर्दा म्याद, गुणस्तर, मुल्य र मापन गर्न र उपभोक्ता अधिकार हनन भएको पाईएका उद्योग वाणिज्य र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ । बजार कार्तिक १४ शुक्रबार देखी पुर्ववत रुपमा प्रत्येक शुक्रबार बन्द हुने वाणिज्य संघले जनाएको छ ।

प्रकाशित मिति : 10:09 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा