ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने




ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहान १० बजेदेखी भरे साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बिहान एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई मध्य नजर गरी निषेधाज्ञा जारी गरिएको जनाएको हो ।

प्रशासनको विज्ञप्तीमा पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र निषेधाज्ञा लागु हुने उल्लेख छ।

आदेशमा तोकिएको निषेधज्ञा समयावधि भर ५ जना भन्दाबढी आवत जावत नगर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि नर्गन आग्रह गरिएको छ । यस अवधिमा परिचयपत्र वा अन्य कागजात लिएर एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : 9:39 am

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने