मैवाखोलामा सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु




ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा सौचालयको सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु भएको छ । सौचालयको सेफ्टी टयाङ्कीमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुईजना बालबालिकाको मृत्यु भएको हो ।
पालिकाको केन्द्र साँघुको नारायणी माबिको निर्माणाधिन सौचालयको अन्दाजी ७÷८ फिट गहिरो खनिएको सेफ्टी ट्याङ्कीको खाल्डोमा पौडी खेल्ने क्रममा पालिकाको वडा नं ३ थक्लुङटोलका चन्द्र बहादुर थक्लुङको छोरा वर्ष ९ का मौसम लिम्बु र वडा नं.४ ताम्राङका लाक्पा शेर्पाको छोरी साँघु बजार माईजु सुमित्रा शेर्पाको घरमा बस्ने वर्ष ९ कै याङजु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रोहित कुमार बढँईले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक बालबालिकाको शव पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाईएको छ ।

प्रकाशित मिति : 8:28 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा