फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द




ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । बुधबार विज्ञप्ती निकाल्दै नगरपालिकाले अर्को सुचना नभएसम्मको लागि नगरपालिकाबाट प्रदान हुने सम्पुर्ण सेवा बन्द रहने कुरा जनाएको हो ।
तोडफोड आगजानीले प्रशासनिक भवन तोडफोड र आगजानी पछि तहसनहस भएकोले सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको नगर प्रमुख अमिर मादनेद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । नगरपालिकाले सेवा प्रवाह बन्द हुँदा स्थानीयमा पर्ने असुविधाप्रति क्षमा याचना गरेको छ ।
मंगलबार राती नगरपालिकामा जनेनी समुहले तोडफोड गर्दा नगरपालिकाको प्रशासकिय भवन सहित, दुईवटा दमकल, एउटा टिप्पर र जेसिभी मेसिनमा क्षती पुग्नुका साथै कार्यालयका कागजात जलाईएको थियो भने फर्निचरमा समेत क्षती पुगेको थियो । आगलागीलाई भने नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : 10:35 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक