ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी




ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा आदेश जारी गरेको छ । बिहिबार एक विज्ञप्ती जारी जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई मध्य नजर गरी बिहीबार बिहान १० बजेदेखी साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको हो ।

प्रशासनको विज्ञप्तीमा पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कफ्र्यू लागु हुने उल्लेख छ।
आदेशमा तोकिएको निषेधाज्ञा समयावधि भर बिना कुनै जानकारी ५ जना भन्दा बढी व्यक्ति आवत जावत नगर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि नर्गन आग्रह गरिएको छ । यस अघि बुधबार साँझ ५ बजेदेखी बिहिबार आज बिहान ६ बजेसम्मको लागि कफ्र्यु आदेश जारी गरिएको थियो ।

प्रकाशित मिति : 10:18 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा