सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । साब्लाखु भञ्ज्याङमा रहेको गाउँपालिका कार्यालय बुधबार दिउँसो तोडफोड गरिएको हो । जेनजीका नाममा पुगेको एक समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेको जनाइएको छ । भ्रष्टाचारविरोधी नाराबाजी गर्दै पुगेका सो समूहले गाउँपालिका कार्यालयका ताल्चा फोर्दै तोडफोड गरेका हुन् ।

भञ्ज्याङवासी स्थानीयका अनुसार तोडफोड गर्न पुगेका समूहले कार्यालय तोडफोड गरी कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्री उठाएर लगेका छन् । सो समूहले कार्यालय तोडफोड गरी उठाएको सामग्री साब्लाखु स्वास्थ्य चौकीमा लगेर राखेका स्थानीयको भनाइ छ ।गाउँपालिका कार्यालय तोडफोड गर्ने समूहको नेतृत्व र तोडफोड गर्नुको उद्देश्यबारे खुलिसकेको छैन । केही स्थानीयले हाल गाउँपालिका कार्यालय रहेको हालको वडा ४ साब्लाखुबाट वडा ५ लिम्बुदिन सार्नेगरी कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको विरोधमा तोडफोड गरेको हुनसक्ने अनुमान गरेका छन् । बुधबार कार्यालयमा तोडफोड भइरहँदा सिदिङ्वा गाउँपालिकाका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारी पालिकाको सहयोगमा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा गएको बताइएको छ ।

त्यस्तै जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार एक दिन शोक विदा र बिहीबारदेखि देशको परिस्थितिअनुसार अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द रहनेगरी गाउँपालिकाले मङ्गलबार नै सूचना जारी गरेको छ । गोरखापत्र

प्रकाशित मिति : 9:46 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा