मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर पुरिएको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार पहिरोले पालिकाको वडा नं.६ को च्यानडाँडा भन्ने ठाउँबाट गएको पहिरोले चेप्टे शेर्पा भनेर चिनिने लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाको गरी २ घर पुरेको हो । घर पुरिदा लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन् शेर्पाको श्रीमती सहित २ जना बेपत्ता भएको खबर प्राप्त भएको अध्यक्ष वनेमले बताउनुभयो ।

उहाँका अनुसार लाक्पा खाङ्डु शेर्पाको घरमा उहाँसँगै श्रीमती र नातीनातिनीहरु बस्दै आएका थिए । १४ वर्षिय नातिनी मिङमा याङ्गी शेर्पा सकुशल रहेको १२ वर्षीय नाति दारिन्जेन शेर्पा घाईते रहेका छन् । अहिले पनि उक्त क्षेत्रमा वर्षा भई रहेकोले सर्तक रहने पालिकाले अुनरोध गरेको छ ।

प्रकाशित मिति : 10:58 am

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय