मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर पुरिएको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार पहिरोले पालिकाको वडा नं.६ को च्यानडाँडा भन्ने ठाउँबाट गएको पहिरोले चेप्टे शेर्पा भनेर चिनिने लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाको गरी २ घर पुरेको हो । घर पुरिदा लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन् शेर्पाको श्रीमती सहित २ जना बेपत्ता भएको खबर प्राप्त भएको अध्यक्ष वनेमले बताउनुभयो ।

उहाँका अनुसार लाक्पा खाङ्डु शेर्पाको घरमा उहाँसँगै श्रीमती र नातीनातिनीहरु बस्दै आएका थिए । १४ वर्षिय नातिनी मिङमा याङ्गी शेर्पा सकुशल रहेको १२ वर्षीय नाति दारिन्जेन शेर्पा घाईते रहेका छन् । अहिले पनि उक्त क्षेत्रमा वर्षा भई रहेकोले सर्तक रहने पालिकाले अुनरोध गरेको छ ।

प्रकाशित मिति : 10:58 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम