ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड




रेडियो काबेली
ताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी गरेका छन् । मंगलबार साँझ सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा दीप प्रज्वलन गरेपछि कार्यालय तोडफोडको श्रृंखला सुरु भएको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा तोडफोड भएको छ ।
त्यसपछि नगरपालिकामा तोडफोड सहित भित्र रहेका कागजातहरु निकालेर जलाईएको छ । नगरपालिकाका प्रवक्ता एव्रम २ नम्बर वडा अध्यक्ष मोहन न्यौपानेका अनुसार नगरपालिकामा राती घटना भएकोले के के भयो सबै विवरण भने प्राप्त भएको छैन ।
यता नेकपा एमालेको पार्टी कार्यालय भित्र रहेको सम्पुर्ण भौतिक सामाग्री, झ्याल ढोका, शौचालयमा तोडफोड गरिएको पार्टी सचिव सन्तोष चाम्लिङले जनाउनुभयो । उहाँका अनुसार कम्प्युटर, प्रिन्टर, फर्निचर लगायत महत्वपुर्ण कागजातहरु पार्टी कार्यालय फोडेर निकालेर आगजानी गर्न तयार गरेको अवस्थामा स्थानीयले अन्य घरमा समेत क्षती हुने भनेर रोकेका कारण आगलागी भने भएन् । चाम्लिङका अनुसार पार्टी कार्यालयमा २० लाख रुपैँया भन्दा बढीको क्षती भएको छ ।


एमाले पार्टी कार्यालय तोडफोड पछि नेपाली काँग्रेसको पनि पार्टी कार्यालयमा तोडफोड गरिएको छ । मंगलबार हिजो साँझ नै तोडफोड भएको पार्टी सभापति गजेन्द्र तुम्याहाङले जनाउनुभयो । उहाँका अनुसार पार्टी कार्यालय भित्र रहेका सम्पुर्ण सामाग्री सहित कागजपत्रहरु तोडफोड गरी सडकमा फालिएको छ ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पनि तोडफोड भएको छ । पार्टीका जिल्ला कमिटी संगठन विभाग प्रमुख लिलाराज पौडेलका अनुसार कार्यालय तोडफोड गरेर भित्र रहेका सामाग्री सडकमा फालिएको छ । ल्पाटप, फर्निचरमा सम्पुर्ण पुर्ण रुपमा क्षती भएको छ । राती भएकोले कस्ले ग¥यो भन्ने बारेमा कुनै जानकारी नभएको उहाँको भनााई छ । करिब १० लाख रुपैँयाको क्षती भएको पौडेलको भनाई छ ।


नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको तोडफोड नेपाली कांग्रेस, रास्वपाको पार्टी कार्यालय हुँदै फुङलिङ नगरपालिकामा पुगेको थियो । राति १० बजे नेपाली सेना परिचालित भएपछि दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १०:४०

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको