ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड




रेडियो काबेली
ताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी गरेका छन् । मंगलबार साँझ सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा दीप प्रज्वलन गरेपछि कार्यालय तोडफोडको श्रृंखला सुरु भएको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा तोडफोड भएको छ ।
त्यसपछि नगरपालिकामा तोडफोड सहित भित्र रहेका कागजातहरु निकालेर जलाईएको छ । नगरपालिकाका प्रवक्ता एव्रम २ नम्बर वडा अध्यक्ष मोहन न्यौपानेका अनुसार नगरपालिकामा राती घटना भएकोले के के भयो सबै विवरण भने प्राप्त भएको छैन ।
यता नेकपा एमालेको पार्टी कार्यालय भित्र रहेको सम्पुर्ण भौतिक सामाग्री, झ्याल ढोका, शौचालयमा तोडफोड गरिएको पार्टी सचिव सन्तोष चाम्लिङले जनाउनुभयो । उहाँका अनुसार कम्प्युटर, प्रिन्टर, फर्निचर लगायत महत्वपुर्ण कागजातहरु पार्टी कार्यालय फोडेर निकालेर आगजानी गर्न तयार गरेको अवस्थामा स्थानीयले अन्य घरमा समेत क्षती हुने भनेर रोकेका कारण आगलागी भने भएन् । चाम्लिङका अनुसार पार्टी कार्यालयमा २० लाख रुपैँया भन्दा बढीको क्षती भएको छ ।


एमाले पार्टी कार्यालय तोडफोड पछि नेपाली काँग्रेसको पनि पार्टी कार्यालयमा तोडफोड गरिएको छ । मंगलबार हिजो साँझ नै तोडफोड भएको पार्टी सभापति गजेन्द्र तुम्याहाङले जनाउनुभयो । उहाँका अनुसार पार्टी कार्यालय भित्र रहेका सम्पुर्ण सामाग्री सहित कागजपत्रहरु तोडफोड गरी सडकमा फालिएको छ ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पनि तोडफोड भएको छ । पार्टीका जिल्ला कमिटी संगठन विभाग प्रमुख लिलाराज पौडेलका अनुसार कार्यालय तोडफोड गरेर भित्र रहेका सामाग्री सडकमा फालिएको छ । ल्पाटप, फर्निचरमा सम्पुर्ण पुर्ण रुपमा क्षती भएको छ । राती भएकोले कस्ले ग¥यो भन्ने बारेमा कुनै जानकारी नभएको उहाँको भनााई छ । करिब १० लाख रुपैँयाको क्षती भएको पौडेलको भनाई छ ।


नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भएको तोडफोड नेपाली कांग्रेस, रास्वपाको पार्टी कार्यालय हुँदै फुङलिङ नगरपालिकामा पुगेको थियो । राति १० बजे नेपाली सेना परिचालित भएपछि दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रकाशित मिति : 10:40 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)