निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम



ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको छ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको आयोजनामा शनिबार जिल्ला समन्वय समितिको सभा हलमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका दोस्रो र तेस्रो मालपोत कार्यालय भएको कर्मचारी मिलन केन्द्रका सचिव रजिता श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार हाजिरी जवाफ प्रतियोगितामा नौ वटा समुहको सहभागिता रहेको थियो । जसमा पाथीभरा याङ्वरक, सिरिजङ्घा, र मालपोत कार्यालय सहित फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, नेपाल प्रहरी, सडक कार्यालय, राष्ट्र अनुसन्धान साथै प्रदेश अन्तरगतको कार्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने पाथिभरा याङवरकले नगद पाँच हजार रुपियाँ सहित प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो र तेस्रो हुने सिरिजङ्घा गाउँपालिका र मालपोत कार्यालयले क्रमश तीन हजार, दुई हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।

पुरस्कार भने आइतबार फुङलिङ बजारको सामुदायिक भवन सिटी हलमा हुने कार्यक्रममा प्रदान गरिने सचिव श्रेष्ठको भनाई छ । भोलि बिहान ७ बजे प्रभाव फेरीका साथ सिटी हलमा कार्यक्रमको आयोजना गरिएको छ ।

साथै कर्मचारी र जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङले जनाएको छ ।


प्रकाशित मिति : 4:25 pm

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क