निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम



ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको छ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको आयोजनामा शनिबार जिल्ला समन्वय समितिको सभा हलमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका दोस्रो र तेस्रो मालपोत कार्यालय भएको कर्मचारी मिलन केन्द्रका सचिव रजिता श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार हाजिरी जवाफ प्रतियोगितामा नौ वटा समुहको सहभागिता रहेको थियो । जसमा पाथीभरा याङ्वरक, सिरिजङ्घा, र मालपोत कार्यालय सहित फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, नेपाल प्रहरी, सडक कार्यालय, राष्ट्र अनुसन्धान साथै प्रदेश अन्तरगतको कार्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने पाथिभरा याङवरकले नगद पाँच हजार रुपियाँ सहित प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो र तेस्रो हुने सिरिजङ्घा गाउँपालिका र मालपोत कार्यालयले क्रमश तीन हजार, दुई हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।

पुरस्कार भने आइतबार फुङलिङ बजारको सामुदायिक भवन सिटी हलमा हुने कार्यक्रममा प्रदान गरिने सचिव श्रेष्ठको भनाई छ । भोलि बिहान ७ बजे प्रभाव फेरीका साथ सिटी हलमा कार्यक्रमको आयोजना गरिएको छ ।

साथै कर्मचारी र जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको समेत आयोजना गरिएको कर्मचारी मिलन केन्द्र ताप्लेजुङले जनाएको छ ।


प्रकाशित मिति : 4:25 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा