फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 



ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्‍याएको हो । 

गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्‍याएको विद्युतको पुन निर्माण गरि सञ्चालनमा आएको दुई सातामै फेरि अवरुद्ध भएको छ । महिनौँ दिन लगाएर मर्मत गरि गत भदौ २ गतेबाट उत्पादन सुरु भएको लघुजलविद्युतमा गएरातिको बाढीले पुन क्षति पु¥याएको स्थानीय तेञ्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको खोलामा रहेको ड्यामसाइड, विद्युत गृह, ट्रान्सफर्मर तथा अन्य विभिन्न क्षेत्रमा क्षति पुगेको छ । 

लघुजलविद्युतमा बाढीले क्षति पुर्याए पछि करिब २ सय घर परिवार पुन विद्युत विहीन भएका छन् । स्थानीय शेर्पाका अनुसार साविक लेलेपको तीन, चार, पाँच, छ र सात नम्बर वडाका नागरिक विद्युत सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केही लागत र महिनौँ दिनको स्थानीयको श्रमदान मार्फत पुन विद्युत उत्पादन सुरु भएको थियो । क्षति पुगेको संरचना तथा उपकरण मर्मत गरि सञ्चालनमा ल्याउन पुन महिनौँ दिन लाग्ने बताइएको छ । 

यसैबीच लुङथुङमा रहेको लुङथुङ गुम्बा समेत जोखिममा रहेको छ । गुम्बा परिसरको छेउको भाग भत्किएकाले जोखिममा पुगेको हो । तत्काल नै पुननिर्माण नगरे गुम्बा समेत क्षति पुग्ने स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : 6:37 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा