इलाममा भेटियो कालो चितुवा



ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो। कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो।

बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुई वटा माउँ र एउटा पाठो चितुवाले खाएको छ।

उहाँका अनुसार एक महिना यता यो क्षेत्रमा चितुवाले सात वटा बाख्रा मारिसकेको छ। स्थानीयमा पनि त्रास बढेको छ। घिमिरेले आफ्नै खोरका दुई वटा बाख्रा केही हप्ता अघि खाएको बताए।

एक महिना यता यही क्षेत्रसँग जोडिएको माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई९२, बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले मारेको थियो।

भारतीय सीमा क्षेत्रसँग जोडिएको ठाउँभएकाले भारतको सिंहलिला नेसनल पार्कबाट चितुवाहरू नेपालका गाउँ छिर्ने गरेको पाइएको सूूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जनले बताए।

अहिले सूूर्योदयका उत्तरपूर्वी गाउँहरू बागवीरे, मानेभन्ज्याङ, त्यस्तै माईजोगमाई र सन्दरकपुर गाउँपालिकाका उत्तरपूूर्वी गाउँहरूमा जङ्गली जनावारले स्थानीयलाई धेरै दुःख दिने गरेका छन्।

प्रकाशित मिति : 6:19 am

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा

ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी

ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क