इलाममा भेटियो कालो चितुवा



ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो। कालो रङ्गको चितुवा इलाममा पहिलो पटक भेटिएको हो।

बाख्रालाई घाँस हाल्न जाँदा बाख्राको खोरमा चितुवा बसेको भेटिएको स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुई वटा माउँ र एउटा पाठो चितुवाले खाएको छ।

उहाँका अनुसार एक महिना यता यो क्षेत्रमा चितुवाले सात वटा बाख्रा मारिसकेको छ। स्थानीयमा पनि त्रास बढेको छ। घिमिरेले आफ्नै खोरका दुई वटा बाख्रा केही हप्ता अघि खाएको बताए।

एक महिना यता यही क्षेत्रसँग जोडिएको माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिहं राई र माईजोगमाई९२, बिज्जेका गोपाल खड्काको बाख्रा पनि चितुवाले मारेको थियो।

भारतीय सीमा क्षेत्रसँग जोडिएको ठाउँभएकाले भारतको सिंहलिला नेसनल पार्कबाट चितुवाहरू नेपालका गाउँ छिर्ने गरेको पाइएको सूूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जनले बताए।

अहिले सूूर्योदयका उत्तरपूर्वी गाउँहरू बागवीरे, मानेभन्ज्याङ, त्यस्तै माईजोगमाई र सन्दरकपुर गाउँपालिकाका उत्तरपूूर्वी गाउँहरूमा जङ्गली जनावारले स्थानीयलाई धेरै दुःख दिने गरेका छन्।

प्रकाशित मिति : 6:19 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि