सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 



ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराती परेको अविरल वर्षा सँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो । 

खोलाले दुई वटा स्काभेटर र दुई वटा टिप्पर बगाएका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार २ वटा स्काभेटर भने पावर  हाउस देखी करिब २० मिटर तल डुबेको अवस्थामा फेला परेको छ । 

यस्तै टिप्पर भने फेला नपरेका कारण खोज कार्य जारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । स्काभेटर र टिप्परको नम्बर खुल्न सकेको पनि उहाँको भनाई छ ।

घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति : 10:54 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो