इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए



ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । यमन अहिले हुथी विद्रोहीको कब्जामा छ ।

सो घटनामा आफ्ना प्रधानमन्त्री मारिएको हुथी विद्रोहीले पुष्टि गरेको बिबिसीले जनाएको छ । हुथी विद्रोहीले गाजा युद्ध सुरु भएयताको यो सबैभन्दा ठुलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको पहिलो मृत्यु भएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आइडिएफ) ले यमनको राजधानी सानालाई लक्षित गरेर आक्रमण गर्दा अन्य कैयौँ वरिष्ठ अधिकारी पनि मारिएको इरान समर्थित समूहले जनाएको छ । आइडिएफका अनुसार इजरायली लडाकु विमानले साना क्षेत्रमा भेला भएका मानिसमाथि आक्रमण गर्दा रहावी र अन्य वरिष्ठ हुथी अधिकारी मारिएका थिए ।

सन् २०१४ यता हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई सत्ताच्यूत गरी विनाशकारी गृहयुद्ध सुरु गरेपछि उत्तर–पश्चिमी यमनको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । रहावीले सन् २०२४ को अगस्टयता प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए । हुथी विद्रोहीले रहावी र केही हुथी मन्त्रीसँगै मारिएको दाबी गरे पनि अन्यको भने नाम खुलाएको छैन ।

साउदी अरेबियाको समाचार साइट अल हदाथका अनुसार सो घटनामा हुथी विद्रोहीका विदेशमन्त्रीका साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रममन्त्री मारिएका छन् । हुथी विद्रोहीका राष्ट्रपति महदी अल मसतको कार्यालयले आक्रमणका कारण अन्य कैयौँ मन्त्री घाइते भएको जनाएको छ । अब हुथी विद्रोहीका उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको भूमिका समाल्ने उक्त कार्यालयले बताएको छ ।

युक्रेनका पूर्वसभामुखको हत्या
उता युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परुबियको हत्या भएको छ । युक्रेनको पश्चिमी सहर लिविभमा पूर्वसभामुखमाथि एक शङ्कास्पद व्यक्तिले अन्धाधुन्द गोली चलाएर उहाँको हत्या गरेको हो ।

गोली प्रहार गरी हत्यारा फरार भएको र परुबियमाथि धेरै गोली प्रहार भएको समाचारमा जनाइएको छ । गोली प्रहारबाट ५४ वर्षीय परुबियको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ०६:४७

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै