इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए



ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । यमन अहिले हुथी विद्रोहीको कब्जामा छ ।

सो घटनामा आफ्ना प्रधानमन्त्री मारिएको हुथी विद्रोहीले पुष्टि गरेको बिबिसीले जनाएको छ । हुथी विद्रोहीले गाजा युद्ध सुरु भएयताको यो सबैभन्दा ठुलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको पहिलो मृत्यु भएको जनाएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आइडिएफ) ले यमनको राजधानी सानालाई लक्षित गरेर आक्रमण गर्दा अन्य कैयौँ वरिष्ठ अधिकारी पनि मारिएको इरान समर्थित समूहले जनाएको छ । आइडिएफका अनुसार इजरायली लडाकु विमानले साना क्षेत्रमा भेला भएका मानिसमाथि आक्रमण गर्दा रहावी र अन्य वरिष्ठ हुथी अधिकारी मारिएका थिए ।

सन् २०१४ यता हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई सत्ताच्यूत गरी विनाशकारी गृहयुद्ध सुरु गरेपछि उत्तर–पश्चिमी यमनको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । रहावीले सन् २०२४ को अगस्टयता प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए । हुथी विद्रोहीले रहावी र केही हुथी मन्त्रीसँगै मारिएको दाबी गरे पनि अन्यको भने नाम खुलाएको छैन ।

साउदी अरेबियाको समाचार साइट अल हदाथका अनुसार सो घटनामा हुथी विद्रोहीका विदेशमन्त्रीका साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रममन्त्री मारिएका छन् । हुथी विद्रोहीका राष्ट्रपति महदी अल मसतको कार्यालयले आक्रमणका कारण अन्य कैयौँ मन्त्री घाइते भएको जनाएको छ । अब हुथी विद्रोहीका उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको भूमिका समाल्ने उक्त कार्यालयले बताएको छ ।

युक्रेनका पूर्वसभामुखको हत्या
उता युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परुबियको हत्या भएको छ । युक्रेनको पश्चिमी सहर लिविभमा पूर्वसभामुखमाथि एक शङ्कास्पद व्यक्तिले अन्धाधुन्द गोली चलाएर उहाँको हत्या गरेको हो ।

गोली प्रहार गरी हत्यारा फरार भएको र परुबियमाथि धेरै गोली प्रहार भएको समाचारमा जनाइएको छ । गोली प्रहारबाट ५४ वर्षीय परुबियको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : 6:47 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र