डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो



ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलमा लितटरको चार रूपैयाँ, इवाई इन्धन आन्तरिकतर्फ एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटेको हो ।

पेट्रोल र एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४२ रूपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४४ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर एक सय ४५ रूपैयाँ पर्नेछ ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको भाउ प्रतिलिटर एक सय २७ रूपैयाँ तोकिएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६६, पोखराका लागि सात सय ७२ र भैरहवाका लागि सात सय ५९ डलर तोकिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ०६:२१

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै