फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक वस्नेतका अनुसार पालिकाको वडा नं.५ का वर्ष ३० का सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो । आईतबार राईलाई वडा नं.५ स्थित तक्मेवा खोलामा पुल निर्माण गर्ने क्रममा गेलेण्डर चलाउँदा करेन्ट लागेको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

करेन्ट लागेका राईलाई तत्काल आधारभुत अस्पताल तापेथोक लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ। उक्त स्थानमा पाथिभरा सर्भिस सेन्टरले पुल निर्णाणका लागी ठेक्का लिई पुल निर्माण गरि रहेको छ ।

प्रकाशित मिति : 7:13 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम