फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक वस्नेतका अनुसार पालिकाको वडा नं.५ का वर्ष ३० का सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको हो । आईतबार राईलाई वडा नं.५ स्थित तक्मेवा खोलामा पुल निर्माण गर्ने क्रममा गेलेण्डर चलाउँदा करेन्ट लागेको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

करेन्ट लागेका राईलाई तत्काल आधारभुत अस्पताल तापेथोक लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ। उक्त स्थानमा पाथिभरा सर्भिस सेन्टरले पुल निर्णाणका लागी ठेक्का लिई पुल निर्माण गरि रहेको छ ।

प्रकाशित मिति : 7:13 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक