वाइसिएलद्धारा फक्ताङ्लुङको शहीद पार्क र गुम्बामा वृक्षरोपण



ताप्लेजुङ, भदौ १४ गते । योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल ताप्लेजुङले फक्ताङलुङ गाउँपालिकाको शहीद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण गरेको छ । गाउँपालिकाको वडा नंं. १ सावादिनमा रहेको उक्त दुई स्थानमा वृक्षरोपण गरेको हो ।

वृक्षरोपण कार्यक्रममा एक हजार बढी बिरुवा रोपिएको वाइसिएल नेपालका केन्द्रीय सदस्य सुदिर साउदेनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा स्वाउ, सिरिस, कागती, मयुर पङ्खी सल्ला, तेजपत्ता लगायतका बिरुवा रोपिएको छ ।
“श्रम तथा उत्पादनमा वाइसिएल” को एक महिने अभियान अन्तरगत वृक्षरोपणको आयोजना गरिएको साउदेनको भनाई छ । वृक्षरोपणमा गुम्बा र शहीद पार्क नै रोज्नुको मुख्य उद्देश्य भने पर्यटन प्रवद्र्धन रहेको उहाँले बताउँनुभयो । 

यस अघि पनि वाइसिएलले ताप्लेजुङका विभिन्न पर्यटकीय स्थल सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङ्गे झरना, मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरना लगायतका क्षेत्रहरुमा वृक्ष रोपरणको कार्य सम्पन्न गरेको छ । अहिले सम्म ३० हजार बढि बिरुवा रोपी सकिएको वाइसिएल ताप्लेजुङले जनाएको छ । 

वाइसिएल नेपालको यो एक महिने अभियान भए पनि ताप्लेजुङमा भने एक वर्ष नै अभियान सञ्चालन गरिने वाइसिएल नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुङ इन्चार्ज कैलाश माबोले बताउँनुभयो । उहाँका अनुसार वाइसिएलले पर्यटकीय क्षेत्रमा वृक्षरोपण गर्नुको उद्देश्य भने त्यहाँको प्रचार प्रसार सँगै पर्यटन प्रर्वद्धन रहेको छ । साथै सबै तिरुवाहरू उत्पादन मुखी रहेको पनि उहाँको भनाई छ । 

फक्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनको पर्यटकीय क्षेत्र साङ्छ्योलिङ जिन्दाग गुम्बा र शहीद पार्कमा वृक्षरोपण कार्यक्रम गरी प्रचार प्रसार सँगै पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउन सहयोग गरेको भन्दै वाइसिएल नेपाललाई फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले धन्यबाद व्यक्त गर्नु भएको छ ।

वृक्षरोपरण कार्यक्रममा जिल्ला इन्चार्ज माबो, केन्द्रीय सदस्य साउदेन वाइसिएल जिल्ला अध्यक्ष सन्जिव माबो, वाइसिएल फक्ताङलुङ गाउँपालिका अध्यक्ष मिराक लिम्बू, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) साथै ताप्लेजुङका वाइसिएल कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 7:41 am

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई