भदौ २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने 



साहारा लिम्बू 
ताप्लेजुङ, भदौ १३ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं. एक कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो । 

४ हजार ३५० मिटरको उचाइमा प्रतियोगिता आगामी भदौ २६ गते हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तिम्बुङ पोखरी संरक्षण तथा अव्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दूरी १५ किलोमिटर कायम गरिएको छ ।

ट्रेल प्रतियोगिताका लागि तिम्बुङ पोखरीदेखि पङ्दुवा पुगी फर्केर ठुलो भञ्ज्याङसम्मको रुट निर्धारण गरिएको छ । कार्यक्रमको समापन समारोह भञ्ज्याङमा हुने छ । प्रतियोगिताको खुल्ला तर्फका विजेताले नगद ५० हजार रुपियाँ सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अमिर राईले बताउँनुभयो । उहाँका अनुसार दोस्रा र तेस्रोलाई क्रमश नगद ३५ हजार र २५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै महिला प्रथमले २५ हजार रुपियाँ र स्थानीय तर्फका प्रथमले १५ हजार रुपियाँ प्राप्त गर्ने संयोजक राईको भनाई छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १६ लाख रुपियाँका खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा सिदिङ्वा गाउँपालिकाले ११ लाख साथै पर्यटन कार्यालय काँकरभिट्टाले ५ लाख रुपियाँ सहयोग गर्ने पनि जानकारी गराइएको छ । 

गत वर्ष पहिलो पटक तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगिता सम्पन्न पछि तिम्बुङ पोखरीमा पर्यटकको सङ्ख्या हत्तै बढेको संयोजक राईले बताउँनुभयो । प्रतियोगिता पछि तीन हजार बढी आन्तरिक तथा वाह्य पर्यटकले तिम्बुङ पोखरीको अनुमान गरेको राईको भनाई छ ।

ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको यो पोखरीको प्रचार प्रसार सँगै पर्यटन प्रर्वद्धनका लागि प्रतियोगिताको आयोजना गरिएको सिदिङ्वा गाउँपालिका वडा नं. एक कालिखोलाका वडाध्यक्ष गोपाल बनियाले बताउँनुभयो । यस्तै यो वर्षदेखि तिम्बुङ पोखरीको प्रचार सँगै पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याएका पत्रकारलाई पनि नगद २५ हजार रुपियाँ सहित सम्मान गरिने आयोजकको भनाई छ ।

प्रकाशित मिति : 9:38 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर